

-
काठमाडौं : आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीहरुलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा लगेर अनलाइन ठगीको धन्दामा फसाउने क्रम भयवह रूपमा बढ्दै गएको छ । थाइल्याण्ड, म्यानमार, लाओस र कम्बोडियाका स्क्यामिङ केन्द्रहरूबाट अहिलेसम्म तीन सय ९२ जनाको उद्धार गरी स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिए ।
मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनाम लगायत देशमा पुर्याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनका अनुसार अझै तीन सय नौ जना उद्धार प्रक्रियामा रहेका छन् भने कम्बोडियामा मात्रै २ सय ४८ जना पर्खाइमा छन् । संयुक्त अरब इमिरेट्स र मलेसियामा लामो समयदेखि कार्यरत कम्प्युटर ज्ञान भएका नेपालीहरू यस्ता गिरोहको मुख्य निशानामा पर्ने गरेका छन् । उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ र क्रिप्टो ठगीजस्ता गतिविधिमा संलग्न गराएको पाइन्छ ।
तोकिएको कार्यलक्ष्य पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना दिने, राहदानी खोसेर बन्धक बनाउने र अर्को व्यक्ति नआएसम्म छुटकारा नदिने गरेको मन्त्रालयमा प्राप्त उजुरीहरूमा उल्लेख छ । गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार सन् २०२२ यता उद्धारको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । अझै कति नेपाली यी देशहरूमा फसेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । धेरैजसो पीडित आफ्नै गाउँघरका चिनजानका व्यक्तिको फकाइमा परी स्क्यामिङ केन्द्रसम्म पुग्ने गरेको भन्दै सरकारले युवाहरूलाई विशेष सचेत रहन आग्रह गरेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



