

-
इरानको राष्ट्रपति कार्यालय परिसरमा आफ्नो वायुसेनाले आक्रमण गरेको इजरायलले दाबी गरेको छ । इजरायली सुरक्षा बल (आईडीएफ) ले राष्ट्रपति कार्यालय तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्माथि कैयौँ गोलाबारुद खसालेको बताएको बीबीसीले जनाएको छ ।
आईडीएफले एउटा सैनिक प्रशिक्षण प्रतिष्ठान र अन्य पूर्वाधारहरूलाई पनि निशाना बनाएको दाबी गरेको छ । आईडीएफका अनुसार इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले त्यो परिसरको प्रयोग गर्ने गरेका थिए ।
गएको सप्ताहान्तमा इजरायली–अमेरिकी संयुक्त आक्रमणमा खामेनी मारिएका थिए । आफ्ना सर्वोच्च नेता मारिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ ।
यस्तै इजरायलले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतमा रहेका सैन्य स्थलहरूमा आफ्नो सेनाले आक्रमण गरिरहेको बताएको छ ।
यस्तै इरानले साउदी अरेबियाको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार गरेको छ । इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथि मिसाइल र ड्रोन प्रहार गरिरहेको छ ।
यस्तै इजरायली–अमेरिकी हवाई आक्रमणपछि इरानको ऐतिहासिक गोलेस्तान दरबारमा क्षति पुगेको छ । संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा पुरातत्त्व हेर्ने निकाय युनेस्कोले विश्व सम्पदा सूचीमा रहेका स्थलहरूमा आक्रमण नगर्न आग्रह गरेको छ ।
यसैबीच इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहले इजरायलले गरेको आक्रमणको जवाफ दिन उसका तीन वटा सैन्य स्थलमा मिसाइल प्रहार गरेको जनाएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



