

-
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो ।
चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । साथै सहज उपलब्धता र वितरण व्यवस्थापन नियमित राख्न निर्देशन दिइएको उनले जानकारी दिए ।
चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको उनले बताए। सार्वजनिक बिदाका दिनमा समेत आयातनिर्यात कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहजीकरण र सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले डिजल/पेट्रोल अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरे ।
इन्धन नियमित भइरहेको र चुनाव अवधिभर नियमित हुने भएकाले सञ्चय गरेर राख्न नपर्ने निगमले जनाएको छ । कार्यकारी निर्देशक भट्टका अनुसार पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



