

-
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेकी छन्। सोमबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको बताउँदै आफ्नो र सन्ततिको भविष्यका लागि मतदान गर्न आग्रह गरिन्।
निर्वाचनको तीन दिनअघि विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।’’
आफ्नो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले ‘जेन–जी आन्दोलन’ पछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले सरकारको नेतृत्व लिएको बताइन्। सडकमा युवाहरूको आक्रोश र देशको भविष्य अन्योलमा रहेको अवस्थाबाट मुलुकलाई हिंसात्मक मोडबाट जोगाउँदै शान्तिपूर्ण निकास र संविधानको बाटोमा फर्काउनु नै आफ्नो सरकारको मुख्य उपलब्धि भएको उनले दाबी गरिन्।
‘‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,’’ प्रधानमन्त्रीले भनिन्।
निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखेको प्रधानमन्त्रीले स्पष्ट पारिन्। उनले भनिन्, ‘‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन। कानुनबमोजिम कारबाही गर्न सरकार पछि हट्ने छैन।’’
सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै उनले मौन अवधिमा अनुशासन पालना गर्न दलहरूलाई आग्रह गरिन्।
News Desk 0 response सोमवार, फाल्गुन १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



