

-
कराँची : अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ। आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। हिंसात्मक झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन्।
इस्लामावादको रेड जोन नजिकै हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोली समेत चलाएका थिए, जसका कारण इस्लामावादको सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ।
कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट नाघेर मुख्य भवनका झ्यालहरू फुटाएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो। सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले यस घटनालाई अत्यन्तै दुःखद भन्दै निष्पक्ष छानबिनको आदेश दिएका छन्।
उता उत्तरतर्फको पहाडी क्षेत्र गिल्गिट(बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ।
पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कदम नचालेको भन्दै आक्रोश पोखेका छन्। यसैबिच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई भिडभाड हुने क्षेत्रमा नजान सचेत गराएको छ।
पाकिस्तानमा सन् १९७९ मा पनि यस्तै अफवाहका कारण अमेरिकी दूतावासमा आगजनी भएको थियो, जसको स्मरण यसपटकको हिंसाले गराएको छ। लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको मृत्युमा शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
News Desk 0 response सोमवार, फाल्गुन १८, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


