

-
काठमाडौं : सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि र्यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको छ । आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वका देशसहित विभिन्न विमानस्थलमा समस्यामा परेका नेपालीहरुको उद्धारको लागि र्यापिड एक्सन टिम गठन गर्न लागेको जानकारी गराएका हुन्।
मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाबाट अहिलेसम्म कोही पनि नपाली घाइते वा मृत्यु नभएको भन्दै मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताएको छ । सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन आग्रह गर्दै सम्बन्धित देशले दिएको सूचना पालना गर्न अनुरोध गरे।
मन्त्रालयले मध्यपूवृमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरू गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए ।
सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पनि सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए । मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
सहसचिव खड्काका अनुसार मध्यपूर्वका विभिन्न देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन् । यस्तै इजरायलमा झन्डै ६ हजार ५ सय नेपाली नागरिक रहेका छन् ।
मन्त्रालयका अनुसार अहिले चार प्रकारले नेपाली नागरिक समस्यामा परेको देखिएको छ । जसमा भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर विमानस्थलबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



