

-
काठमाडौं : प्रतिनिधिसभा चुनावप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा धेरै उत्साह देखिएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको सर्वेक्षणअनुसार विगतको तुलनामा यसपालि मधेश प्रदेशका झण्डै ५५ प्रतिशत मतदातामा चुनावप्रति उत्साह देखिएको छ ।
नवयुवा आन्दोलनको जगमा हुन लागेको चुनावलाई यसअघिका चुनावभन्दा फरक र विशिष्ट रूपमा लिइएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए । नवयुवा आन्दोलनपछिको चुनाव भएकाले पनि आम मतदातामा उल्लेखनीय उत्साह रहेको उनले बताए ।
मधेशमा चुनावप्रति सबैभन्दा बढी ७९ दशमलव २ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ । नवयुवा पुस्ताले चुनावलाई विगतको भन्दा फरक मानेका छन् । आम मतदाता तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुनेमा ढुक्क छन् जियोकको प्रतिवेदनमा भनिएको छ ।
झण्डै एक सय जना मतदातामा गरिएको सर्वेक्षणमा सहभागी धेरै मतदाता चुनावबारे सचेत रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ३४ प्रतिशत मतदाता राजनीतिक शक्तिबाट उच्च रूपमा प्रभावित रहेको र ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ ।
नवयुवा आन्दोलनको प्रभावका कारण विगतको तुलनामा चुनावी नतिजामा केही फेरबदल हुन सक्ने अनुमान पनि गरिएको छ । चुनावको सफलताका लागि शान्ति र सुरक्षालाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिए पनि पछिल्लो समय बन्दै गएको सकारात्मक चुनावी वातावरणले अन्य चुनौतीलाई क्रमशः पन्छाउँदै लगेको संस्थाले जनाएको छ । यद्यपि राजनीतिक दलका कार्यकर्ताबीच हुन सक्ने विवादले केही ठाउँमा छिटफुट सुरक्षा चुनौती निम्त्याउन सक्ने विषयलाई नकार्न नसकिने औँल्याइएको छ ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मत निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेका छन् । लैङ्गिक आधारमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला सामाजिक सञ्जालबाट प्रभावित देखिएका छन् ।प्रतिवेदनमा नवयुवा पुस्ता प्रविधि प्रयोगमा मात्र होइन, सामाजिक सञ्जालबाट समेत उल्लेख्य रूपमा प्रभावित रहेको उल्लेख गरिएको छ ।
चुनावलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याइएको छ । चुनावको सुरक्षामा भ्रामक सूचनाले नकारात्मक असर पार्न सक्ने भएकाले त्यसको समयमै रोकथामतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । चुनावका लागि आवश्यक वातावरण बन्दै गएको, मतदातामा उत्साह बढिरहेको, नयाँ राजनीतिक शक्तिको उदयको सङ्केत देखिएको तथा चुनावपछिको परिदृश्यमा सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



