

-
ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, त्यहाँ १८ जनाको ज्यान गएको पुष्टी भएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । रातको समयमा धेरै घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेका खबरमा उल्लेख छ ।
ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले जुइज दि फोरामा आपतकाल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताएका छन् । जुइज दि फोरामा मात्रै झण्डै साढे ४ सय परिवार घरबारविहीन भएका छन् । नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गरेका छन् ।
राज्यका गभर्नर रोमेउ जेमाले घटनालाई दुःखद दिन भन्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन् । अधिकारीहरूका अनुसार यसवर्ष फेब्रुअरी महिनामा जुइज दि फोरामा इतिहासकै सबैभन्दा ठूलो वर्षा मापन भएको छ ।
त्यहाँको राष्ट्रिय मौसम निकायले मिनास जेरेइस, रियो दि जेनेरोसहित १२ भन्दा बढी राज्यमा ठूलो वर्षाको चेतावनी जारी गरेको छ । यसअघि सन् २०२४ मा रियो ग्रान्दे दो सुल राज्यमा आएको बाढी र पहिरोका कारण झन्डै २ सय जनाको ज्यान गएको थियो भने २० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



