

-
इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । इरान चीनमा निर्मित सिएम ३०२ क्षेप्यास्त्र खरिदबारे सहमति नजिक पुगेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।
झन्डै २ सय ९० किलोमिटर पर निसाना लगाउन सक्ने क्षमता भएको यो सुपरसोनिक क्षेप्यास्त्र समुद्री जहाजको प्रतिरक्षा प्रणालीमा छल्न सक्ने क्षमता छ । हतियार विज्ञका अनुसार यी क्षेप्यास्त्र तैनाथ भए इरानको समुद्री आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ र क्षेत्रीय रूपमा तैनाथ अमेरिकी नौसैनिक शक्तिका लागि ठूलो चुनौती बन्न सक्ने छ ।
यो क्षेप्यास्त्र किन्ने वार्ता कम्तीमा २ वर्षअघि शुरु भए पनि गएको जुनमा भएको १२ दिने इजरायल–इरान द्वन्द्वपछि तीव्र बनेको खबरमा उल्लेख छ । वार्ता अन्तिम चरणमा पुग्दा इरानका उपरक्षामन्त्री मसूद ओराइ लगायत उच्च सैन्य तथा सरकारी अधिकारीहरू चीन भ्रमणमा गएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
चीनका परराष्ट्र तथा रक्षा मन्त्रालयले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई आणविक कार्यक्रमबारे सहमति नगरे कडा कदम चाल्ने चेतावनी दिँदै आएका छन् । अमेरिकाले इरान नजिकै ठूलो नौसैनिक शक्ति तैनाथ गरिरहेको छ ।
विश्लेषकहरूका अनुसार यो सम्झौताले चीन–इरान सैन्य सम्बन्ध अझ सुदृढ भएको सङ्केत गर्दछ । पछिल्ला वर्षहरूमा चीन, इरान र रुसले संयुक्त नौसैनिक अभ्यास गर्दै आएका छन् । यो सम्भावित सम्झौताले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने विश्लेषकहरूको भनाइ छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



