

-
कीभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्याएका छन्। राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राखेका थिए, जसलाई जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाड्ने आत्मघाती कदमको रूपमा व्याख्या गरेका छन्। जेलेन्स्कीका अनुसार पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको सुरुवात गरिसकेका छन्।
रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि जेलेन्स्कीले ती क्षेत्रहरू ुकिल्लाु भएको र त्यहाँका लाखौँ जनतालाई रुसी क्रूरताको भरमा छाड्न नसकिने प्रस्ट पारेका छन्। युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने र दुई(तीन वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने जेलेन्स्कीको दाबी छ।
पुटिनलाई रोक्ने एक मात्र विकल्प तीव्र सैन्य र आर्थिक दबाब सिर्जना गर्नु नै रहेको उनले बताएका छन्।
News Desk 0 response सोमवार, फाल्गुन ११, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


