

-
काठमाडौं : निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँडन मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता भेहिकल९गाडी० प्रयोगमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० आनन्द काफ्लेले बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।
प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’
बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।
निर्वाचनमा तटस्थता र निस्पक्षता अपनाउन कर्मचारी खटन पटनमा नै सचेत हुनेबारे छफल भएको छ । उनले भने, ‘कर्मचारीका कारण दण्डहिनता हुन नदिने निर्णय गरेका छौं ।’
केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायहरुले संयुक्त पट्रोलिङलाई बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



