

-
लण्डन : बेलायती राजपरिवारका पूर्व सदस्य एण्ड्रयू माउन्टब्याटन(विन्डसरलाई सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा प्रहरीले पक्राउ गरी सोधपुछ पछि रिहा गरेको छ। थाम्स भ्याली प्रहरीले बिहीबार बिहान ६६ वर्षीय एण्ड्रयूलाई नर्फोकबाट नियन्त्रणमा लिएको थियो।
उनको गिरफ्तारी यौन अपराधसँग सम्बन्धित नभई व्यापार दूतका रूपमा काम गर्दा गोप्य सरकारी कागजातहरू अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनलाई उपलब्ध गराएको आरोपमा केन्द्रित रहेको छ। प्रहरीले एण्ड्रयूको बर्कशायर र नर्फोकस्थित ठेगानाहरूमा छापा मारी खानतलासी समेत गरेको छ।
अमेरिकी न्याय विभागले सार्वजनिक गरेको फाइलहरूका अनुसार सन् २००१ देखि २०११ सम्म बेलायतको विशेष व्यापार दूत रहेका एण्ड्रयूले भियतनाम, सिंगापुर र चीन भ्रमणका सरकारी रिपोर्टहरू एप्स्टिनलाई पठाएको देखिएको छ। साथै, उनले अफगानिस्तानको सुन र युरेनियम लगानीका अवसरहरूबारे गोप्य जानकारी पनि एप्स्टिनसँग साझा गरेको आरोप छ।
गिरफ्तारी लगत्तै केही घण्टा हिरासतमा राखेर सोधपुछ गरेपछि उनलाई ‘थप अनुसन्धानको निगरानीमा’ रहने गरी रिहा गरिएको हो।
यस घटनाप्रति बेलायती राजा चार्ल्स तृतीयले गम्भीर चासो व्यक्त गर्दै कानुनले आफ्नो बाटो तय गर्नुपर्ने स्पष्ट पारेका छन्। राजाले प्रहरीको अनुसन्धानलाई आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताउँदै यो निष्पक्ष प्रक्रिया हुनुपर्नेमा जोड दिएका छन्।
एण्ड्रयूका दाइ समेत रहेका राजा चार्ल्सले यो समाचारले आफूलाई मर्माहत बनाएको भए पनि अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने बताएका छन्। एण्ड्रयूले भने आफूमाथि लागेका सबै आरोपहरूको कडा रूपमा खण्डन गर्दै आएका छन्।
एप्स्टिन काण्ड र भर्जिनिया जिउफ्रेले लगाएको यौन शोषणको आरोपपछि एण्ड्रयूले सन् २०१९ मा नै शाही जिम्मेवारी छाडेका थिए। सन् २०२५ मा मात्रै उनको ुप्रिन्सु पदवी खोसिएको थियो।
हालको गिरफ्तारी पछि लन्डन फेशन विकमा सहभागी भएका राजा चार्ल्स र अन्य शाही सदस्यहरूले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।
प्रहरीले अहिले औपचारिक अनुसन्धान सुरु भएको र यो विषय अदालतमा विचाराधीन रहेकाले सर्वसाधारणलाई संयमित हुन आग्रह गरेको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



