

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रमसम्बन्धी वार्ता १० दिनभित्र निष्कर्षमा नपुगे सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् । वाशिङ्टनमा आयोजित बोर्ड अफ पिसको पहिलो बैठकमा उनले अर्थपूर्ण सम्झौता नभए अवस्था राम्रो नहुने बताएको बीबीसीले जनाएको छ ।
ट्रम्पका अनुसार विशेष दूतमार्फत भइरहेका वार्ता सकारात्मक भए पनि विगतको अनुभवका आधारमा इरानसँग अर्थपूर्ण सम्झौता गर्न कठिन रहेको उल्लेख गरे । यसअघि ह्वाइट हाउसले कूटनीतिक समाधान अझै सम्भव रहेको जनाएको थियो । पछिल्लो समय अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
विमानवाहक पोत तैनाथ गरिएको छ भने गएको वर्ष जुनमा अमेरिकी मिसाइल तथा विमानले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेका थिए । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धपोतप्रति कडा चेतावनी दिँदै प्रतिक्रिया जनाएका छन् ।
अमेरिकी कंग्रेसका केही सदस्यले कंग्रेसको स्वीकृतिविना इरानविरुद्ध सैन्य कारबाही नगर्न दबाब दिएका छन् । बेलायत सरकारले सम्भावित आक्रमणका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको जनाइएको छ । पछिल्लो घटनाक्रमसँगै इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



