

-
बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् ।
राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकामा रहेको संसद् भवनमा आज एक कार्यक्रमकाबीच रहमानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । यसअघि बिहान बीएनपी संसदीय दलले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो ।
बङ्गलादेशमा इतिहासमा पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह खुला आकाशमुनि आयोजना भएको छ ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेपालसहित १३ वटा देशलाई निमन्त्रणा पठाएका थिए । शपथ समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी थिए।
गएको बिहीवार भएको चुनावमा बीएनपीले दुईतिहाइ सिट जितेको थियो । ६० वर्षीय तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। उनी १७ वर्षपछि चुनावअघि मात्रै देश फर्किएका थिए।
विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा चुनाव भएको हो ।
बङ्गलादेशका प्रधानमन्त्री रहमानले राजनीतिक स्थिरता पुनर्स्थापना गर्ने, लगानीकर्ताको विश्वास पुनर्निर्माण गर्ने र सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको लामो उथलपुथलपछि गार्मेन्ट क्षेत्रजस्ता प्रमुख उद्योगहरूलाई पुनर्जीवित गर्ने जस्ता तत्काल चुनौतीहरूको सामना गरेका समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



