

-
भारतमा आजदेखि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शिखर सम्मेलन सुरू भएको छ ।
भारतले उद्योगमा थप लगानी आकर्षित गर्ने प्रयास गरिरहेको बेला दिल्लीमा एआई सम्मेलन सुरू भएको समाचार संस्था रोयसर्टले जनाएको छ । सम्मेलनमा २ लाख ५० हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने अधिकारीहरूले बताएका छन् ।
भारत एआई फर्महरूका लागि आकर्षक गन्तव्यका रूपमा उदाइरहेको छ । भारतमा अल्फाबेटको गुगल, माइक्रोसफ्ट र अमेजनले सन् २०३० सम्ममा एआई र क्लाउड पूर्वाधार लगानीमा संयुक्त रूपमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
आजदेखि शुरू भएको सम्मेलनलाई भारतीय अधिकारीहरूले एआईको प्रयोगमा विकासशील राष्ट्रहरूको आवाजलाई बढावा दिने प्लेटफर्मका रूपमा बताएका खबरमा उल्लेख छ । यो सम्मेलन आउँदो शुक्रवारसम्म चल्नेछ ।
शिखर सम्मेलनले मानव–केन्द्रित प्रगतिका लागि एआईको उपयोग गर्ने आफूहरूको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभएको छ ।
सम्मेलनमा भाग लिने विश्व नेताहरूमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा रहेका छन् ।
यस्तै अल्फाबेटका सीईओ सुन्दर पिचाई, ओपनएआईका सीईओ साम अल्टम्यान, एन्थ्रोपिकका सीईओ डारियो अमोदेई तथा रिलायन्स, ओपन न्यू ट्याबका अध्यक्ष मुकेश अम्बानी र गुगल डिपमाइन्डका सीईओ डेमिस हासाबिसले सम्मेलनमा सम्बोधन गर्दैछन् ।
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



