

-
चितवन : पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको हो।
अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा काम धमाधम भइरहेको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर विजय दरैका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ।
विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का लागे पनि तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ। अहिले झन्डै दुई सय कामदार, कर्मचारी र प्राविधिकहरू कालोपत्रको काममा खटिएका छन्।
फिस्लिङ र जवाङ खोला क्षेत्रमा कालोपत्रका लागि बेस र सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य तीव्र पारिए पनि सामग्रीको अभावले चुनौती थपेको छ।
धादिङ र इच्छाकामनाका विभिन्न क्षेत्रबाट निर्माण सामग्री ल्याइएको भए पनि लामो समयका लागि अभाव हुन सक्ने देखिएको छ। सामग्री पर्याप्त भएमा काम नरोकिने निर्माण पक्षको दाबी छ। यस खण्डमा रहेका ६ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउन्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिरमा पहिरो रोकथामको कार्य पनि जारी छ।
झन्डै ३९ किलोमिटर लामो यो सडक खण्ड विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। यस अन्तर्गत मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर सडक ६ लेनको हुनेछ भने ७.२ किलोमिटर सडक ४ लेनको बन्नेछ।
उकालो–ओरालो पर्ने ठाउँमा ३ लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने र बाँकी सडक दुई लेनकै रहने आयोजनाले जनाएको छ। शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यसको ठेक्का लिएको हो।
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


