

-
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको आसाममा सडकमै अवतरण भएको छ । आसाम राज्यको डिब्रुगढमा मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान हिजो सडकमा नै अवतरण भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई ‘ऐतिहासिक क्षण’ मानिएको छ । भारतले पछिल्लो वर्ष जहाज नै अवतरण गर्न मिल्ने गरी सडक आयोजना विस्तार गर्दै आएको छ । यस्ता विशेष खालका राजमार्गमा विमान तथा अन्य लडाकु जहाज सहजै अवतरण र उडान गर्न सक्ने खालको हुन्छ । पूर्वोत्तर भारतमा हवाइजहाज उत्रिने सुविधासहितको राजमार्ग बनिसकेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले हिजो आसामको भ्रमण गरे, जहाँ उनले आपतकालीन अवतरण सुविधासहितको मोरान बाइपास सडक अवलोकन र ब्रह्मपुत्र नदीमाथि कुमार भास्कर वर्मा पुलको उद्घाटन पनि गरेका छन् ।
मोदीले आफू जहाजबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको उल्लेख गर्नुभएको छ । झन्डै एक सय करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त सडक साढे चार किलोमिटर लामो छ ।
इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपतकालीन अवस्थामा जहाज उडान/अवतरण गर्न सक्छन् । यसका साथै खाद्यान्न आपूर्ति र विपद्का बेला सुविधायुक्त हुन्छ ।
अरू बेला गाडी गुड्ने सडकमा र आवश्यक परे रन–वेको रुपमा प्रयोग गर्न सकिन्छ । आसामको मोरान बाइपासमा निर्माण गरिएको ईएलएफ एयरस्ट्रिप चीनको सिनामासँग नजिक रहेकाले पूर्वोत्तर क्षेत्रको सुरक्षालाई थप बलियो बनाउने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले राजस्थान, उत्तर प्रदेश, तमिलनाडुलगायतका ठाउँमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



