

-
काठमाडौं : संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो बिहीबार नेपाल आउने भएका छन् । ३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार पापारो नेतृत्वको भ्रमणदल विशेष विमानमार्फत काठमाडौँमा अवतरण गर्ने कार्यक्रम रहेको छ । ३ दिनको भ्रमण अवधिमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत अवलोकन भ्रमण गर्नेछन् ।
भ्रमणले नेपाल र अमेरिकाबिचको दशकौँ लामो द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने विश्वास लिइएको छ ।
विशेष गरी मानवीय सहयोग, विपद् व्यवस्थापन तथा विश्व शान्ति स्थापना जस्ता साझा चासोका क्षेत्रहरूमा दुई देशबिचको सहकार्य र क्षमता अभिवृद्धिमा यो भ्रमणले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एडमिरल पापारोको भ्रमण टोली फाल्गुण २ मा भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।
News Desk 0 response बुधबार, माघ २९, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



