

-
मस्को : रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये ७ जना सर्वसाधारण छन् भने बाँकी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन्। फर्किएकामध्ये अधिकांश सन् २०२२ देखि रुसी कब्जामा थिए।
राष्ट्रपति जेलेन्स्कीले रुसी जेलमा रहेका प्रत्येक युक्रेनीलाई घर फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्। यता, रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १५७ सैनिकका साथै युक्रेनी कब्जामा रहेका तीन रुसी नागरिकलाई मुक्त गरिएको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको यो वार्तामा विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले नेतृत्व गरिरहेका छन्। वार्ताका क्रममा मुख्यगरी क्षेत्रीय अखण्डता र भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्नका लागि युक्रेनले मागेको सुरक्षा ग्यारेन्टीका विषयमा छलफल केन्द्रित भएको छ।
रुसले युक्रेनको पूर्वी औद्योगिक क्षेत्र डोनबासको बाँकी भूभाग सुम्पिनुपर्ने माग गरिरहेको छ, जुन युक्रेनका लागि सबैभन्दा कठिन विषय बनेको छ। विशेष दूत विट्कोफले वार्तालाई ‘विस्तृत र फलदायी’ भने पनि अझै धेरै काम बाँकी रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले पनि वार्ता सहज नभएको उल्लेख गर्दै आफूले ‘छिटो नतिजा’ चाहेको धारणा राखेका छन्।
रुसले युक्रेनको ऊर्जा क्षेत्रमा भीषण आक्रमण जारी राख्दा लाखौँ मानिस चिसोमा बिजुली, पानी र तापक्रमविहीन अवस्थामा रहेकै बेला यो वार्ता र कैदीबन्दीको साटासाट भएको हो। यसले चार वर्षदेखि जारी युद्ध अन्त्यको दिशामा एउटा सानो तर सकारात्मक संकेत दिएको छ।-बिबिसि
News Desk 0 response शुक्रबार, माघ २४, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



