

-
काठमाडौं : अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । सोमबार फेरि अर्को प्रणाली भित्रिने र हिजोजस्तै पानी पर्ने मौसमविदको अनुमान छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार आउँदो सोमबारदेखि पानी पार्ने अर्को प्रणाली आउँदैछ । यसले हिजोजस्तै वर्षा गराउनेछ । आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँमा वर्षा र हिमपात भएको छ । पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौं उपत्यकासहित तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा वर्षा र हिमपातको सम्भावना छ । लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसान उत्साहित भएका छन् ।
News Desk 0 response बिहिबार, माघ १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



