

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उनले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गरेका बीबीसीले जनाएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित उद्देश्यसहित अघि बढिरहेको दाबी गरेका छन् । ट्रम्पले यो नौ सैनिक समूह भेनेजुएलामा पठाइएको सैन्य शक्तिभन्दा पनि ठूलो रहेको चेतावनी दिएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानको सशस्त्र बल अमेरिकी जवाफका लागि तयार रहेको भन्दै स्थल वा समुद्रबाट हुने कुनै पनि आक्रमणको “तत्काल र शक्तिशाली जवाफ” दिन तयार रहेको चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दोहोर्रयाउँदै आएको छ र परमाणु हतियार बनाउने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।
हालै अमेरिकी सेनाले जोर्डन, कतार, बहराइन र हिन्द महासागर क्षेत्रमा लडाकु विमान, ड्रोन, जासुसी विमान, इन्धन भर्ने जहाज र युद्धपोतहरू तैनाथ गरेको छ । जोर्डनको मुवाफाक सल्ती एयर बेसमा मात्रै कम्तीमा १५ लडाकु विमान पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच, इरानले पनि आफ्नो तट नजिकै आईआरआईएस ड्रोन क्यारियर जहाज तैनाथ गरेको उपग्रह तस्बिरहरू सार्वजनिक भएका छन् । सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानलाई युरेनियम ३ दशमलव ६७ प्रतिशतभन्दा बढी बनाउन प्रतिबन्ध भएपनि ट्रम्पले सन् २०१८ मा सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले ती प्रतिबन्धहरू उल्लङ्घन गर्दै आएको छ ।
News Desk 0 response बिहिबार, माघ १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



