

-
काठमाठौं : पश्चिम क्षेत्रका हुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो । त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । ती क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने भएकोले स्थानीय खुसी छन् । त्यस्तै काठमाडौंमा पनि पानी परेको छ । काठमाडौंमा फाटफुट पानी परेको छ भने बाक्लो बादलले ढाकेको छ ।
यस्तै बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा ठूलो हिमपात भएको छ । गएरातिदेखि बाक्लो हिउँ परेको हो । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । तर चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।
News Desk 0 response बुधबार, माघ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



