

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन् । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यो सहमति कार्यान्वयनमा आएमा अमेरिकाका लागि मात्र नभई सम्पूर्ण नाटो सदस्य देशहरूका लागि लाभदायक हुने बताएका छन् । यद्यपि यस विषयमा नाटो महासचिव रुटेबाट औपचारिक पुष्टि आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।
यसअघि ट्रम्पले स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गरेका थिए । डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले नाटोसँगको वार्ता अत्यन्त सकारात्मक भएको उल्लेख गर्दै अमेरिकाको सुरक्षा चासोलाई डेनमार्कले सम्मान गर्ने र समाधान खोज्न तयार रहेको बताएका छन् ।
ट्रम्पका अनुसार सम्भावित सम्झौता दीर्घकालीन हुनेछ र यसमा दुर्लभ खनिज स्रोत तथा मिसाइल रक्षा प्रणालीसम्बन्धी विषयहरू पनि समावेश हुन सक्नेछन् । ग्रिनल्याण्डमा दुर्लभ खनिजको ठूलो भण्डार रहेको छ, जुन मोबाइल फोन र विद्युतीय गाडी निर्माणमा प्रयोग हुने भएकाले यसको रणनीतिक महत्त्व बढ्दै गएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले बेलायत, डेनमार्क, फ्रान्स, जर्मनीलगायत नाटो सदस्य देशहरूबाट आयात हुने सबै सामानमा आउँदो फेब्रुअरीदेखि १० प्रतिशत र जुनदेखि २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन्।
नाटोकी प्रवक्ता एलिसन हार्टले आर्कटिक क्षेत्रमा डेनमार्क, ग्रिनल्याण्ड र अमेरिकाबीच रूस र चीनको प्रभाव रोक्ने उद्देश्यले वार्ता अघि बढ्ने प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, माघ ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



