• सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता पाउनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    यसअघि निर्वाचन आयोगले गगन थापालाई आधिकारीक कांग्रेस मान्ने निर्णय गरेको थियो ।

    त्यसविरुद्ध देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेर आधिकारीता दिनुपर्ने आदेश माग गरेकोमा सर्वोच्चले यस्तो आदेश दिएको हो । अन्तरिम आदेश दिने र नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णय बमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।