

-
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारीले देश नै चुनावमय बनेको छ । सबै दलहरू चुनावको तयारीमा व्यस्त भएकाले चौतारीदेखि चियापसल हुँदै ठूला सभामा पनि चुनावको चर्चा बढेको हो ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले उम्मेदवार छनोट लगभग सकेका छन् भने ठूलो र आन्तरिक विवादमा फसेको दल नेपाली कांग्रेस पनि उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा छ ।
आयोगले प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको समयसीमा भोलिका लागि तोकेको छ । समानुपातिकतर्फ १ सय १० सिटका लागि दलहरूले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।
उम्मेदवार बन्न पालिका र प्रदेशका जनप्रतिनिधिहरूले राजीनामा बुझाउनेदेखि ठूला शहरमा सभा गर्नेसम्मका काम भइरहेका छन् ।
आज रास्वपाले काडमाण्डौ महानगरका पूर्वमेयर बालेन्द्र शाहसहितको उपस्थितिमा जनकपुरमा आमसभा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि गृहजिल्ला झापा पुगेका छन् । दुवै ठाउँमा ठूलो जनसहभागिता देखिन्छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि उम्मेदवारी दर्ताका लागि रुकुम पुगेका छन्।
निर्वाचन आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना र मुख्यरनिर्वाचन अधिकृत पनि तोकिसकेको छ । आयोगले मतदाता, मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएर जिल्ला–जिल्लामा सूची पठाइसकेको छ ।
सरकार पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन र त्यहीअनुसार जनशक्ति परिचालनमा जुटेको छ । चुनावका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २१ गते हुने चुनावमा समानुपातिकतर्फ ५८ दल र प्रत्यक्षमा १ सय १४ दल सहभागी हुँदैछन् । चुनावमा झन्डै १ करोड ९० लाखभन्दा धेरै मतदाता मतदानमा भाग लिन पाउनेछन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि ११ हजार ९ सय १ निर्वाचन मतदान केन्द्र तय गरिसकेको छ ।
भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएर चुनाव हुन लागेकोले यो चुनावलाई महत्त्वका साथ हेरिएको छ । यस्तै नयाँ शक्तिहरूको उदय हुन सक्ने अनुमानका कारण चुनाव थप प्रतिस्पर्धी बनेको छ ।
News Desk 0 response सोमवार, माघ ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



