• काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज पत्रकार सम्मेलन गरि पर्सि माघ ४ गतेदेखि लागू हुने गरि पदबाट राजीनामा दिएको जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमणमा परेको जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे ।

    पाण्डेले माघ ४ गतेपछि आफ्नो अबको यात्राबारेमा जानकारी गराउने बताएका छन्।