

-
इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ ।
यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ । पश्चिमी सैन्य स्रोतका अनुसार अमेरिकी आक्रमणको संकेत देखिए पनि यसको समय र दायरा स्पष्ट छैन ।
इरानभित्रको व्यापक विरोध प्रदर्शनमा अहिलेसम्म २ हाजर ५ सय जनाको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरू पक्राउ परेका खबरमा उल्लेख छ ।
यसैबीच एम्नेस्टी इन्टरनेशनलले पछिल्लो एक हप्तामा इरानमा शान्तिपूर्ण प्रदर्शनकारी र सर्वसाधारणविरुद्ध गैरकानुनी सामूहिक हत्या भएको प्रमाण फेला पारेको जनाएको छ । इरानमा दूरसञ्चार सेवा लगातार सातौँ दिन पनि लगभग पूर्ण रूपमा बन्द रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूले ज्यान गुमाउने र घाइतेको ठूलो संख्या गहिरो चिन्ता व्यक्त गर्दै दमन जारी रहे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियानले गम्भीर आर्थिक अवस्थाबारे नागरिकको माग सुन्नुपर्ने बताएका छन् भने रक्षामन्त्री अजीज नासिरजादेहले आक्रमण भए अन्तिमसम्म देशको रक्षा गर्ने चेतावनी दिएका खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, माघ २, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



