

-
इरानका विदेशमन्त्री अब्बास अराग्चीले सरकारले स्थितीलाई पकडमा ल्याएको र आवश्यक परे संवादका लागि तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका विदेशमन्त्रीले आफूहरु युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका हुन् ।
इरानमा आन्दोलनकारीमाथि सत्तापक्षले गरेको दमनको विरोधमा विश्वभर प्रदर्शन भएको छ । दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लण्डनलगायत विभिन्न युरोपेली शहरमा प्रदर्शन भएको हो । न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा ठूलो सङ्ख्यामा प्रदर्शनकारीले इरानका नागरिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
गएको बिहीबारदेखि इरानमा इन्टरनेट र टेलिफोन सेवा बन्द हुँदा मानवीय क्षतिको विवरण थाहा पाउन मुश्किल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर आन्दोलनमा अहिलेसम्म ५ सय ३८ जनाको ज्यान गएको तथा कम्तिमा १० हजार ६ सय जना प्रहरी हिरासतमा रहेको विवरण छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेको भन्दै इरानमा गएको डिसेम्बर २८ यता आन्दोलन चलिरहेको छ । आर्थिक सुधारको मागसहित शुरु भएको आन्दोलन अहिले सत्ता परिवर्तनको मुद्दा बनेको छ ।
News Desk 0 response मङ्लबार, पुस २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



