

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ ।
ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य शक्तिको प्रयोग पनि एक विकल्पमा रहेको बताएपछि तनाव उत्पन्न भएको हो । राष्ट्रपति ट्रम्पले पछिल्लो समय पटक–पटक ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भन्ने अभिव्यक्ति दिएका र यसले अन्तर्राष्ट्रिय चाँसो र प्रतिक्रिया बढाएको बीबीसीले जनाएको छ ।
डेनमार्क र युरोपेली देशहरू अमेरिका विरुद्ध एकजुट भएका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कले संयुक्त वक्तव्य निकाल्दै ग्रिनल्याण्डको सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले चेतावनी दिँदै अमेरिकाबाट हुने कुनैपनि आक्रमणले नाटो गठबन्धन नै कमजोर वा समाप्त हुन सक्ने बताएका छन् ।
ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले युरोपेली समर्थनको स्वागत गर्दै सम्मानजनक संवादको माग गरेका छन् । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको उद्देश्य आक्रमण नभई डेनमार्कबाट ग्रिनल्याण्ड खरिद गर्ने वा विशेष सहकार्य गर्ने विकल्पमा छलफल केन्द्रीत रहेको बताएका छन् । यद्यपि ह्वाइट हाउसले सेनाको प्रयोग सधैं सम्भावित विकल्प रहने यसअघि नै बताईसकेको छ ।
ग्रिनल्याण्डमा भने ट्रम्प प्रशासनको अभिव्यक्तिप्रति आक्रोश र डर दुवै देखिएको छ । नागरिकहरु आफूहरू कुनै किनबेचको वस्तु नभएको भन्दै कडा असन्तोष जनाइरहेका छन् । जनमत सर्वेक्षणहरूमा धेरैजसो ग्रिनल्याण्डवासी अमेरिकाको हिस्सा बन्ने कुराको विरोधमा देखिएका छन्, यद्यपि भविष्यमा डेनमार्कबाट पूर्ण स्वतन्त्रता चाहने चाहना पनि बलियो छ ।
विश्लेषकहरूका अनुसार, आर्कटिक क्षेत्रमा रूस र चीनको बढ्दो चासो, दुर्लभ खनिज स्रोत र नयाँ समुद्री व्यापार मार्गको सम्भावनाका कारण ग्रिनल्याण्ड विश्व शक्ति राष्ट्रहरूको चाँसोका रुपमा रहदै आएको छ । यही कारण ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोप सम्बन्धमा नयाँ भू–राजनीतिक चुनौती सिर्जना भएको छ ।
News Desk 0 response बुधबार, पुस २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


