-
इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार दुई सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको मानवअधिकार कार्यकर्ताहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
एक हप्ताभन्दा धेरै समयदेखि चलिरहेको प्रदर्शनमा २९ प्रदर्शनकारी, चार बालबालिका र सुरक्षा बलका दुई सदस्यको मृत्यु भएको खबरमा उल्लेख छ । देशका ३१ मध्ये २७ प्रान्तका दुई सय ५० भन्दा धेरै ठाउँमा प्रदर्शन फैलिएको छ ।
प्रदर्शनमा भएको झडपका क्रममा झन्डै दुई सय ५० प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । यद्दपि सरकारले ज्यान गुमाउने र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।
यसैबीच इरानमा भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पको यो चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।
सन् २०२२ मा महसा अमिनीको हिरासतमा ज्यान गएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ ।
News Desk 0 response मङ्लबार, पुस २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३