

-
न्युयोर्क : भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ।
यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो।
मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ। अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजेमा सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन्।
अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ। यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्।
मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै कानुनी अधिकारहरू पाउनेछन्। यसमा मौन बस्ने अधिकार र भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्ने अधिकार समावेश छ।
कागजमा यो एक नियमित अदालती हाजिरी जस्तो देखिए पनि यसको भूराजनीतिक र कानुनी महत्त्व ठूलो छ। तर, मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
बिल क्लिन्टनका पालामा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरू हेरिसकेका कारण यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ।
News Desk 0 response सोमवार, पुस २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



