

-
अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा, रूस र चीनको समर्थनसहित १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका कारण सुरक्षा परिषद् बैठक यसअघि पनि गएको अक्टोबर र डिसेम्बरमा दुई पटक बैठक बसेको थियो । महासचिव गुटेरेसले सबै पक्षले संयुक्त राष्ट्रसंघको चार्टरसहित अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिलेको घटनाक्रमले अन्तर्राष्ट्रिय कानुनका नियमहरू उल्लङ्घन भएको गम्भीर आशंका पैदा गरेको उनको भनाइ छ । भेनेजुएलाका संयुक्त राष्ट्रसंघका राजदूत सामुएल मोन्काडाले अमेरिकी कारबाहीलाई ‘औपनिवेशिक युद्ध’ को संज्ञा दिँदै कडा आलोचना गरेकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म’ अमेरिकाले त्यहाँको प्रशासन सम्हाल्ने बताएका छन् । तर त्यससम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गरिएको छैन ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो लागूऔषध तस्करीसँग जोडिएको तानाशाह भएको टिप्पणी गरेका छन् । अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका पुर्याएसँगै विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
News Desk 0 response सोमवार, पुस २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



