-
इजरायलले गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा धेरै आफन्तहरूको हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।
सन् २०२३ को अक्टोबरमा गाजामा नरसंहार युद्ध शुरू भएदेखि इजरायलले कम्तीमा ७ सय ६ जना प्यालेस्टिनी पत्रकारका परिवारका सदस्यहरूको हत्या गरेको प्यालेस्टिनी पत्रकार सिन्डिकेटलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
सिन्डिकेटको स्वतन्त्रता समितिको प्रतिवेदनमा इजरायली सेनाले गाजामा आफ्नो नरसंहार युद्धको रिपोर्टिङलाई दबाउन सामूहिक दण्डको प्रयोग गरिरहेको उल्लेख छ ।
स्वतन्त्रता समितिका प्रमुख मुहम्मद अल–लहहमले सन् २०२३ देखि २०२५ सम्मको आक्रमणको ढाँचाले गाजामा स्वतन्त्र रिपोर्टिङलाई दबाउने इजरायलको मनसायलाई उजागर गर्ने बताउनुभएको छ ।
स्वतन्त्र समितिका अनुसार इजरायली सेनाले २०२३ मा ४ सय ३६ जना, २०२४ मा २ सय ३ जना र यस वर्ष कम्तीमा ६७ पत्रकारका आफन्तहरूको हत्या गरेको छ ।
धेरै परिवारहरू जबरजस्ती विस्थापित भएर पाल र अस्थायी शिविरहरूमा आश्रय लिन पुगे पनि ज्यान गुमाउने क्रम नरोकिएको समितिले जनाएको छ ।
परिवारका सदस्यको पत्रकारितासँगको व्यावसायिक सम्बन्धका कारण सयौं बालबालिका, महिला र वृद्धवृद्धा मारिनु मानवीय र कानूनी मान्यताहरूको घोर उल्लङ्घन गरेको समितिको भनाइ छ ।
News Desk 0 response आइतवार, पुस १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३