

-
मुस्ताङ : नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयवासीले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकामा रहेको नेपालतर्फको दशगजा क्षेत्र र कोरलामा रहेको चीनतर्फ लिमी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला भएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । यो नाका माथिल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गका रूपमा गएको भदौ ३० गते पूर्णरूपमा खुला गरेको हो ।
लोमान्थाङ गाउँपालिका–२ किम्लिङका स्थानीयवासी लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहनुभएको छ । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थाल्नुभएको बताउनुभयो । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने झन्डै ८०र९० जनामध्ये अहिले धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।
यो नाका समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा रहेको छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द हुँदैन । नाकामा व्यापार गर्नेहरूले आन्तरिक रूपमा व्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरूलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिनुभयो ।
नाकामा तीन सय जनाभन्दा धेरैले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय जनाभन्दा धेरै युवाले लोड–अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लानेरल्याउने काम पाएका छन् । ती युवाहरूले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।
News Desk 0 response मङ्लबार, पुस ८, २०८२

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



