

-
काठमाडौं : सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समयमा चुनाव तथा चाडपर्वलगायतबाट कार्यक्रम प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिने बताए ।
माघको अन्तिमदेखि शुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने डा। गौतमले बताए। कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।
गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई खोप दिएको थियो । गएको वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइनेछ । खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसबाट प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेको डा। गौतमले बताए ।
लक्षित सबैजसोलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको अनुमान छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले अहिले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।
News Desk 0 response मङ्लबार, पुस ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



