-
काठमाडौं : चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस वर्ष आयात आयात १५ दशमलव ८३ प्रतिशतले बढेको हो ।
यस्तै निर्यात व्यापार ५८ दशमलव १७ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
नेपालले वस्तु निर्यातभन्दा धेरै आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै आयात हुने र निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात हुँदा ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
यस्तै आयात हुने अन्य मुख्य वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन लगायत छन् । निर्यात हुने अन्य वस्तुमा अलैँची, गलैँचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, पाम तेल लगायत छन् ।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३