

-
चुनाव प्रचार क्रममा गोली हानी हत्या गरिएका बंगलादेशी विद्यार्थी नेता शरिफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न इंकलाब मञ्चले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार उस्मान हादीको अन्त्येष्टि क्रममा भएको सभामा इंकलाब मञ्चका सचिव अब्दुल्ला अल जाबेरले सरकारसँग प्रश्न गरे, ुहादीका हत्यारालाई पक्राउ गर्न सरकारले के गरिरहेको छरुु
उनले अगाडि भने, ुयो मुद्दा अघि बढाइएन भने गृह मामिला सल्लाहकार मोहम्मद जहांगीर आलम चौधरी र प्रमुख सल्लाहकारका विशेष सहायक खुदा बख्श चौधरीले २४ घन्टाभित्र राजीनामा दिनुपर्नेछ।ु
उस्मान हादीका भाइ अबू बक्र सिद्दिकीले राजधानीमा दिनदहाडै हादीलाई गोली हानी हत्या गरेपछि हत्यारा कसरी भाग्न सके भनेर प्रश्न उठाएका छन्।
ुसात–आठ दिन बितिसक्दा पनि हत्यारालाई किन पक्राउ गर्न सकिएको छैनरु म उस्मान हादीका हत्यारालाई छिट्टै पक्राउ गरी मुद्दा चलाइयोस् भनी माग गर्छु,ु उनले भने।
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका नेता हादीलाई अन्तिम विदाइ गर्न राजधानी ढाकामा शनिबार मानव सागर उर्लिएको थियो।
बंगलादेशको अनलाइन ुद डेली स्टारु का अनुसार दसौं हजारौं मानिस संसद भवन परिसरमा जम्मा भएका थिए। २१५ एकड क्षेत्रफलमा फैलिएको संसद परिसरमा शोक व्यक्त गर्न उर्लिएको मानव सागर समेटिन हम्मे हम्मे परेको थियो।
भीड संसद भवन परिसर छेउको मनिक मिया एभेन्यूसम्म फैलिएको थियो, जुन सहरका सबभन्दा फराकिला सडकमध्ये एक हो।
हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए।
त्यसपछि उनलाई डिसेम्बर १५ मा एयरलिफ्ट गरेर उपचार निम्ति सिंगापुर लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो।
गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये उनी एक थिए।
उनी शेख हसिनाविरोधी इंकलाब मञ्चका सदस्य थिए। फेब्रुअरीमा हुने चुनावका लागि उनी पनि सम्भावित उम्मेदवार थिए र आक्रमणको समय ढाका–८ सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए।
हादीको मृत्युपछि बंगलादेशको राजधानी ढाका सहित विभिन्न भागमा हिंसा भड्किएको थियो।
यो घटनाले बंगलादेश र भारतको सम्बन्धमा फेरि तिक्तता ल्याउने स्थिति उत्पन्न भएको विश्लेषकहरूले बताएका छन्। हादी भारतका प्रखर आलोचक थिए।
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि र उनी भारतमा शरण लिन गएपछि दुई देशको सम्बन्धमा कटुता देखिन थालेको छ। पछिल्ला केही दिनमा दुवै देशबीच सम्बन्ध सुधार्ने प्रयास भइरहेका थिए।
यसै वर्ष अप्रिलमा थाइल्यान्डमा आयोजित एक समारोहबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेट भएको थियो।
बंगलादेशमा आगामी फेब्रुअरीमा हुने आमनिर्वाचनपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो। तर उस्मान हादीको मृत्युपछि नयाँ बन्ने सरकारले पनि भारतसँग कस्तो सम्बन्ध राख्छ भन्ने निश्चित नभएको विश्लेषकहरूको भनाइ छ।
३२ वर्षीय हादीको अन्त्येष्टि दक्षिण प्लाजामा सम्पन्न भयो। उनको शव राष्ट्रिय झण्डाले ढाकिएको थियो।
अन्तिम विदाइमा सरिक बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हादी ुअमर सहिदु भएको बताए।
ुओ प्रिय उस्मान हादी, हामी यहाँ तपाईंलाई विदाइ दिन आएका होइनौं। तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र जबसम्म बंगलादेश अस्तित्वमा छ, तपाईं सबै बंगलादेशीको हृदयमा रहनु हुनेछ। हाम्रो हृदयबाट तपाईंलाई कसैले हटाउन सक्दैन,ु उनले भने।
भीडलाई सम्बोधन गर्दै इंकलाब मञ्चका सदस्य सचिव अब्दुल्ला अल जाबेरले हादीको मृत्युपछि भड्किएको हिंसा रोक्न र शान्तिपूर्वक अघि बढ्न सबैलाई आह्वान गरे।
ुहिंसाबाट बच्नुस् र कुनै प्रचारबाजी नलाग्नुस्,ु उनले भने, ुहामी चाँडै हाम्रा कार्यक्रम घोषणा गर्नेछौं।ु
हादीलाई उनको मनपर्ने कवि काजी नज्रुल इस्लामको समाधि नजिक ढाका विश्वविद्यालय केन्द्रीय मस्जिदको आसपास अन्त्येष्टि गरिएको थियो।
ढाका(८ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हादीलाई चुनावी अभियान क्रममै गोली हानी हत्या गरिएको थियो। हत्यारा मोटरसाइकलमा आएका थिए र गोली हानेर फरार भएका थिए।
त्यस लगत्तै हादीलाई ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो। अवस्था बिग्रँदै गएपछि एभरेकयर अस्पताल सारियो। त्यहाँ पनि उनको अवस्थामा सुधार नआएपछि सिंगापुर लगिएको थियो।
अन्तिम विदाइमा सरिक हुन आएका विभिन्न पृष्ठभूमिका मानिसले हादीको आत्माको शान्तिका लागि प्रार्थना गरे। धेरैले आँसु झारे।
उनीहरू सबै एउटै नारा लगाउँदै थिए, ुहामी सबै हादी हुनेछौं, हामी लड्नेछौं।ु
मिरपुरका ४० वर्षीय व्यापारी अब्बास उद्दिनले हादी कति लोकप्रिय व्यक्ति थिए भन्ने उनको अन्त्येष्टिमा उर्लिएको मानव सागरले नै प्रमाणित गर्ने बताए।
‘मैले कहिल्यै यति ठूलो भीड देखेको थिइनँ,’ उनले भने।
अन्त्येष्टिमा सहभागी हुन आउने भीडले कम्तिमा तीनवटा मेट्रो ट्रेन भरिएको थियो। धेरै यात्रुले मेट्रोमा खुट्टा राख्ने ठाउँ नभएर चढ्नै सकेनन्।
भीड सम्हाल्न ढाका महानगर प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका थिए। तीमध्ये हजार जनाभन्दा बढीले आफ्नो शरीरमा क्यामरा प्रयोग गरेको महानगर प्रहरीले जनाएको छ। शरीरमा क्यामरा र दंगा नियन्त्रण उपकरणसहित उनीहरू संसद भवन र सहरका अन्य प्रमुख स्थानमा तैनाथ थिए।
बिहीबारजस्तै हिंसा भड्किने खतरा देखेर सीमा सुरक्षा बलका २० पल्टन राजधानीभर तैनाथ गरिएको थियो।
इंकलाब मञ्च गत वर्ष जुलाईमा भएको बंगलादेश विद्यार्थी आन्दोलन क्रममा चर्चामा आएको थियो। यो समूहलाई कट्टरपन्थी संगठन भनिएको छ र यसले अवामी लिगलाई कमजोर पार्ने प्रयासहरूमा अग्रसर भूमिका खेलेको छ।
विद्यार्थी आन्दोलनमा भूमिका भए पनि मोहम्मद युनुस सरकारले उक्त मञ्च विघटन गरेको थियो र राष्ट्रिय चुनाव लड्न प्रतिबन्ध लगाएको थियो।
हादीको निधनको खबर फैलिएसँगै ढाकाका धानमन्डी, शाहबागसहित विभिन्न स्थानमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए।
भीडले बिहीबार रातभर ढाकाका विभिन्न स्थानमा आक्रमण गरेको थियो। यसमा बंगलादेशका दुई प्रमुख अखबारका कार्यालय पनि परेका थिए। उनीहरूले ुप्रोथोम आलोु र ुद डेली स्टारु अखबारका कार्यालय, धानमन्डी(३२ स्थित शेख मुजीबको घर र छायानट संस्कृति भवनमा आक्रमण गरी आगजनी र तोडफोड गरे।
यस अतिरिक्त चटगाँव, राजशाही र अन्य धेरै क्षेत्रमा पनि विभिन्न स्थानमा आक्रमण भए। भारतीय सहायक उच्चायुक्तको निवास अगाडि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। स्थानीय पत्रकारहरूले बताएअनुसार भीडले उच्चायोगमाथि ढुंगामुढा गरेको थियो।
यसका साथै अपदस्थ अवामी लिग सरकारका पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी नौफेलको घरमा तोडफोड गरियो र आगो लगाइयो।
मोहम्मद युनुसले बिहीबार राति नै राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य राख्न आग्रह, कुनै पनि प्रकारका ुप्रचार र अफवाहु मा ध्यान नदिन र हतारमा निर्णय नगर्न अनुरोध गरेका थिए।
युनुसले हत्यामा संलग्न सबैलाई यथाशीघ्र न्यायको कठघरामा ल्याइने र उनीहरूलाई अधिकतम सजाय दिलाइने बताएका थिए। उनले मृतक हादीकी पत्नी र एक मात्र सन्तानको जिम्मेवारी सरकारले लिने जानकारी पनि दिए।
News Desk 0 response आइतवार, पुस ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



