

-
अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलरको हतियार बिक्री अनुमोदन गरेको छ । चीनको बढ्दो सैन्य दबावमा रहेको ताइवानका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ताइवानलाई हतियार बिक्रीको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान प्रशासन अन्तर्गत दोस्रो हो । चीनले ताइवानविरुद्ध आफ्नो सैन्य र कूटनीतिक दबाव बढाइरहेको बेला अमेरिकाले हतियार बिक्री अनुमोदन गरेको हो ।
प्रस्तावित हतियार बिक्रीमा हाइमार्स रकेट प्रणाली, हाविट्जर, जेभलिन एन्टी–ट्याङ्क मिसाइल, अल्टियस लोइटरिङ म्युनिसन ड्रोन र अन्य उपकरणहरूका पार्टपुर्जाहरूसहित आठ वस्तुहरू समावेश रहेको ताइवानको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले यो प्याकेजबारे संसद्लाई जानकारी गराउने चरणमा रहेको जनाएको छ । संसद्ले चाहेमा हतियार बिक्रीलाई रोक्न वा परिवर्तन गर्न सक्ने मौका छ, यद्दपि ताइवानमा व्यापक रूपमा क्रस–पार्टी समर्थन छ ।
ताइवानका राष्ट्रपति लाई चिङ–तेले गएको महिना २०२६ देखि २०३३ सम्म चल्ने ४० अर्ब डलरको पूरक रक्षा बजेट घोषणा गर्दै राष्ट्रिय सुरक्षामा सम्झौता गर्ने कुनै ठाउँ नभएको बताएका थिए ।
यसैबीच चीनको विदेश मन्त्रालयले भने हतियार बिक्री सम्झौताले ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पार्ने बताउँदै त्यस्ता सम्झौताहरू अन्त्य गर्न माग गरेको छ ।
अमेरिकाले चीनलाई नियन्त्रण गर्न ताइवान प्रयोग गर्नु पूर्णरूपमा असफल हुने निश्चित रहेको मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन् ।
चीनले ताइवानलाई आफ्नो क्षेत्रका रूपमा हेर्दै आएको छ जसलाई ताइवानले अस्वीकार गर्छ ।
News Desk 0 response बिहिबार, पुस ३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


