

-
गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको ठूलो वर्षाले विस्थापित प्यालेस्टिनीहरूको जीवन झन् कष्टकर बनेको छ । राष्ट्रसंघका अनुसार विशेषगरी बालबालिकाहरु त्यसबाट धेरै प्रभावित भएका छन् । युनिसेफका प्रवक्ता जोनाथन क्रिक्सले गाजामा रातिको मौसम अत्यन्तै कष्टकर बनेको बताएका छन् ।
वर्षाका कारण १० देखि १५ सेन्टिमिटरसम्म पानी जमेको छ । चिसो र भिजेको अवस्थामा टेन्ट र अस्थायी आश्रयमा बसिरहेका बालबालिकालाई हाइपोथर्मिया तथा अन्य रोग लाग्ने उच्च जोखिम रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार चिसोका कारण अहिलेसम्म केही नवजात शिशुको ज्यान गएको छ भने वर्षाका कारण कमजोर बनेका घर भत्किँदा चार बालबालिकासहित १७ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।
राष्ट्रसंघका अनुसार झन्डै ५५ हजार परिवार वर्षाबाट प्रभावित भएका छन् । गएको सोमवार र मंगलवारको अत्यधिक वर्षापछि ४० भन्दा धेरै आपतकालीन आश्रयस्थल डुबानमा परेका थिए, जसका कारण धेरै परिवार विस्थापित हुन बाध्य भए । युनिसेफका अनुसार गाजामा झन्डै १० लाख मानिस टेन्ट र अस्थायी संरचनामा बसिरहेका छन् । रातको तापक्रम ७–८ डिग्री सेल्सियससम्म झर्ने गरेकाले बालबालिकाको स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।
युद्धविरामपछि युनिसेफले २ लाख ५० हजार जाडोका लुगा, विभिन्न किट, ६ लाख कम्बल र ७ हजार टेन्ट पठाएको भए पनि यो पर्याप्त नरहेको खबरमा उल्लेख छ । रेडक्रसले पनि क्षतिग्रस्त भवनहरू भत्किनु गम्भीर चिन्ताको विषय भएको भन्दै खाद्य, आश्रयस्थल र पूर्वाधार मर्मतका लागि दीर्घकालीन मानवीय सहयोग आवश्यक रहेको जनाएको छ ।
इजरायली सैन्य निकायले भने सहायता रोकिएको भन्ने आरोप अस्वीकार गर्दै दैनिक ६ सय देखि ८ सय सहायता बोकेको ट्रक गाजामा प्रवेश गरिरहेको दाबी गरेको छ । तर राष्ट्रसंघले प्राप्त सहयोग अझै अपुग रहेको जनाएको छ ।
News Desk 0 response बिहिबार, पुस ३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


