

-
मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ ।
राष्ट्रपति क्लोडिया शिनबामको प्रस्ताव संसदले पारित गरेपछि आउँदो जनवरी १ तारिखदेखि यो नियम लागू हुने बीबीसीले जनाएको छ । उच्च आयात शूल्कका कारण भारतीय निर्यात विशेष गरी कार उद्योग सबैभन्दा बढी प्रभावित हुने अनुमान छ । अहिलेसम्म २० प्रतिशत रहेको कारमा आयात शुल्क अब ५० प्रतिशत पुग्नेछ । यसले फक्सवागन, ह्यून्डाई, निसान र मारुति सुजुकीले मेक्सिको पठाउँदै आएका झन्डै १ अर्ब डलर बराबरका कार निर्यातमा प्रत्यक्ष असर पार्नेछ ।
मेक्सिकोका लागि भारत दक्षिण अफ्रिका र साउदी अरबपछि तेस्रो सबैभन्दा ठूलो कार बजार हो । भारतीय कार निर्माताले भने मेक्सिकोमा बेचिने साना मोडेलका गाडीहरू खासै अमेरिकी बजारका लागि नभई मेक्सिकोकै मागअनुसार उत्पादन गरिने भएकाले यो कदम निकै घातक भएको बताएका छन् । चीन–अमेरिका बढ्दो व्यापार तनावकाबीच चीनमाथि पनि ५० प्रतिशतसम्म कर बढाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि विभिन्न वस्तुमा उच्च कर लगाउने चेतावनी दिएको बेला मेक्सिकोले अमेरिकासँग व्यापार सम्झौता सुरक्षित गर्ने प्रयासस्वरूप यो कदम चालेको खवरमा उल्लेख छ ।
मेक्सिकोका उद्योगपतिहरुले भने उच्च भन्सारका कारण उत्पादन लागत बढ्ने, महँगाइ चुलिने र घरेलु उद्योगलाई उल्टै क्षति हुने चेतावनी दिइरहेका छन् । त्यहाँको सरकारले भने नयाँ आयात कर लागू भएपछि २ अर्ब ८ करोड डलर बराबरको अतिरिक्त राजस्व आर्जन गर्ने अपेक्षा गरेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


