

-
काठमाडौं : सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइएकोमा आक्रोशित हुँदै आएको मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरुद्ध सत्याग्रह गर्ने भएको छ ।
भ्रष्टाचार नियन्त्रणलगायतका माग पुरा गर्नेतर्फ कुनै पहल नगरिएको भन्दै आफूहरुले सत्याग्रह शुरु गर्न लागेको जानकारी उक्त समुह स्रोतले दिएको छ । मंसिर ७ गते आन्दोलन गर्ने घोषणा गरेपछि सरकारको सहमतिमा आन्दोलन फिर्ता लिएको दुर्गा प्रसाईं नेतृत्व राष्ट्र र राष्ट्रियता बचाउ अभियानले समेत सत्याग्रहलाई अघोषित तर सक्रियरुपमा साथ दिन लागेको बताइएको छ ।
‘सत्याग्रह कतिसम्म जान्छ भन्ने एकिन छैन । त्यसैले शुरुमा उहाँहरुले अप्रत्यक्ष र अघोषितरुपमा रुपमा साथ दिनुहुन्छ । अवस्था हेरेर पछि पछि खुलारुपमा साथ दिने परिस्थिति आए त्यहीअनुसार हुन्छ,’ समुहका एक सदस्यले भने ।
उनकाअनुसार सत्याग्रह मंसिर २५ गतेदेखि शुरु गर्ने मोटामोटी सहमति भए पनि एकिन मिति भने एक(दुई दिन भित्रै घोषणा गरिनेछ ।
‘मिति तय भइसकेको छैन, भरेभोलिसम्म तय हुन्छ’, समूहकै एक अभियन्ताले भने, ‘अहिलेको लागि २५ गतेदेखि सुरु गर्ने कि भन्ने मोटामोटी कुरा भएको छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको आधारभुत माग समेत सम्बोधन गर्न नसकेको आरोप लगाउँदै आएको उक्त समूहले फागुन २१ गते हुने भनिएको चुनाव असम्भव रहेको दावी गर्दै आएको छ । यस्तो दावी गरेकै कारण सरकारले आफूहरुलाई ‘बाइपास’ गर्न खोजेको मिराज समूहको बुझाई छ । सरकारलाई घुँडा टेकाउनको लागि भए पनि उनीहरुले सत्याग्रह सुरु गर्न लागेको बताइन्छ ।
News Desk 0 response सोमवार, मंसिर २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



