• काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई पितृशोक परेको छ ।

    सोमबार उनका बुवा रामनारायण शाहको निधन भएको हो ।

    उनका बुबा उपचारका लागि आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।