

-
युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यार्माकको अपार्टमेन्टमा खानतलासी सुरू गरेका छन् । दुई एजेन्सीहरूमध्ये एक भ्रष्टाचारविरोधी ब्युरो ‘नाबु’ ले खानतलासी सुरू गरेको जानकारी दिँदै थप विवरणहरू पछि आउने बताएको बीबीसीले जनाएको छ ।
भ्रष्टाचार काण्डले युक्रेनी राष्ट्रपतिका नजिकका धेरै व्यक्तिहरूलाई घेरेको छ, यद्यपि जेलेन्स्की वा उहाँका दाहिने हात रहेका येर्माकलाई कुनै गलत कामको आरोप लागेको छैन ।
रुसको पूर्णस्तरीय युद्धप्रति युक्रेनको प्रतिक्रियामा येर्माकले महत्त्वपूर्ण भूमिका खेलेका छन् र उनी अमेरिकासँगको शान्तिवार्तामा युक्रेनका प्रमुख वार्ताकार छन्। यद्यपि उनलाई पदबाट हटाउन आलोचकहरूले माग गरेका छन् ।
५४ वर्षीय येर्माकले सामाजिक सञ्जालमा नाबु र भ्रष्टाचार विरोधी विशेष अभियोजकको कार्यालय ९एसएपी० दुवैले आफ्नो घरमा खानतलासी गरेका पुष्टि गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति योजनाको मस्यौदा अगाडि बढाइरहेका बेला अमेरिकी सेना सचिव डान ड्रिस्कोल यस हप्ताको अन्त्यसम्ममा युक्रेन आइपुग्ने भएकाले जेलेन्स्की र उनका प्रमुखका लागि यो खानतलासी एकदमै असहज क्षण भएको खबरमा उल्लेख छ ।
यस महिना भ्रष्टाचार काण्डले युक्रेनलाई हल्लाएको छ, अनुसन्धानकर्ताहरूले ऊर्जा क्षेत्रमा भएको भनिएको १०० मिलियन डलरको हिनामिना काण्डमा धेरै प्रमुख सार्वजनिक व्यक्तित्वहरूलाई जोडेका छन् ।
News Desk 0 response शुक्रबार, मंसिर १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



