

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९युएससीआइएस० का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताएका छन् ।
यो सूचीमा अफगानिस्तान, क्यूबा, हाइटी, इरान, सोमालिया, भेनेजुएला लगायतका देश रहेका बीबीसीले जनाएको छ । यो घोषणा वासिङ्टन डीसीमा अस्ति बुधबार दुई जना राष्ट्रिय सुरक्षाबल ९नेशनल गार्ड० का सदस्यमाथि भएको गोलीकाण्डपछि आएको हो । त्यो घटनामा आरोपित रहमानुल्लाह लाकानवाल सन् २०२१ मा अमेरिकाले अफगान नागरिकका लागि बनाएको विशेष आप्रवासन कार्यक्रम अन्तर्गत गएका थिए ।
राष्ट्रपति ट्रम्पले यस घटनाले ‘राष्ट्रको ठूलो सुरक्षा जोखिम’ प्रस्ट भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख एड्लोले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिकको सुरक्षा नै सबैभन्दा पहिला रहेनको भन्दै अघिल्लो बाईडन प्रशासनका लापरबाहीपूर्ण पुनर्वास नीतिको मूल्य अब अमेरिकाले तिर्नुनपर्ने बताएका हुन् ।
गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिँदै अघिल्लो प्रशासनले अज्ञात र जाँच–पड़ताल नगरी २ करोडभन्दा धेरै मानिसलाई देशभित्र ल्याएको बताएका छन् । यसैबीच, अस्तिदेखि नै अफगान नागरिकका सबै आप्रवासन मागपत्रहरूको प्रक्रिया स्थगित गरिएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


