• काठमाडौं : हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ ।

    दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

    दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।