

-
अमेरिका समर्थित शान्ति योजनामा वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी भूभाग रुसलाई दिनु मुख्य समस्या भएको बताएका छन्।
स्वीडेनी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको आफ्नो क्षेत्र दिन नसकिने बताएका हुन् । युक्रेनबाट कब्जा गरेको क्षेत्रलाई कानूनी मान्यता दिनुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग शान्ति वार्ताको मुख्य समस्या रहेको उनले उल्लेख गरे ।
जेलेन्स्कीले रुसको मागले क्षेत्रीय अखण्डता र सार्वभौमिकताको सिद्धान्तलाई तोड्ने भन्दै बल प्रयोग गरेर सीमा परिवर्तन गर्न नसकिने भन्ने कुरामा जोड दिएका खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको जेनेभामा युक्रेनसँग भइरहेको वार्तामा ठूलो प्रगति हुने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले वार्तामा केही राम्रो भइरहेको हुन सक्ने बताएका हुन् ।
गएको हप्ता अमेरिकीद्वारा प्रस्तावित पछिल्लो शान्ति योजनाको मस्यौदा बाहिर आउँदा युरोपेली नेताहरूले यो रुसका लागि धेरै अनुकूल रहेको भन्दै आलोचना गरेका थिए ।
जेनेभा वार्ता अमेरिकाले पेस गरेको मस्यौदा योजनामा केन्द्रित छ । अमेरिकी मस्यौदामा युक्रेनी सेना उसले अहिले नियन्त्रण गरिरहेको पूर्वी दोनेत्स्क क्षेत्रका भूभागबाट पनि फिर्ता हुनुपर्ने, अनि दोनेत्स्क, लुहान्स्क तथा रुसले सन् २०१४ मा गाभेको क्राइमियामा रुसी नियन्त्रणको मान्यता जस्ता विषय रहेका खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, मंसिर ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


