

-
काठमाडौं : अमेरिकाले रूसका शीर्ष तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ।
तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले भारतलाई आफ्नो कच्चा तेलमा प्रति ब्यारेल सात डलरसम्म छुट दिने प्रस्ताव गरेको भनेर ब्लुमबर्गले लेखेको छ।
यो पछिल्लो दुई वर्षमा रूसले भारतलाई दिएको सबैभन्दा ठूलो छुट हो। ती कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाउनुअघि भारतलाई रूसले प्रति ब्यारेल तीन डलरसम्म छुट दिने गरेको थियो।
गत हप्ता अमेरिकाले रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएपछि अधिकांश भारतीय प्रशोधन कम्पनीले रूसी कच्चा तेलको अर्डर बन्द गरेको भनेर ब्लुमबर्गले जनाएको छ। त्यसपछि रूसले भारतलाई भारी छुट प्रस्ताव गरेको हो।
रूसी कच्चा तेल किनेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई उच्च भन्सार महसुल लगाए पनि भारतले रूसबाट तेल किनिरहेको छ।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहेको भनेर अगस्ट २७ देखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाए। तर पनि भारतले रूसी तेल किनिरहेको छ।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका लगायत पश्चिमा देशले रूसी तेलमा प्रतिबन्ध लगाएका छन्। तर भारतले भने सस्तोमा रूसी तेल किनिरहेको छ। त्योभन्दा अघि नगण्य मात्रामा रूसी तेल किन्ने भारत त्यसपछिका दिनमा भने रूसको मुख्य ग्राहक बनेको छ।
यसरी सस्तोमा रूसी तेल किनेको सबभन्दा धेरै फाइदा भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इण्डस्ट्रिज र अर्को निजी कम्पनी नायरा एनर्जीलाई भएको भनेर भारतीय पत्रिका द बिजनेस स्टयान्डर्डले लेखेको छ।
रूसी लगानी रहेको नायरा एनर्जीमा रूसको सरकारी तेल कम्पनी रसनेफ्टको झण्डै ५० प्रतिशत सेयर छ।
News Desk 0 response सोमवार, मंसिर ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


