• काठमाडौं : सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

    ५८ वर्षे उमेर हदका कारण एकनारायण अर्याल मुख्यसचिवबाट अवकाश भएसँगै सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।