• काठमाडौं : आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।

    बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाइ छ ।