

-
काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो ।
हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजेको मापन अनुसार थप घटेको हो । काठमाडौं उपत्यकासहित देशभर चिसो बढिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले त्यसैअनुसार स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गर्नुभएको छ ।
डाक्टरका अनुसार चिसोले रुघाखोकी, निमोनिया, ज्वरो, मुटु रोग, हृदयघात, श्वासप्रश्वासको समस्या हुन सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगीले स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । न्यानो भएर बस्न, तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह छ ।
अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
News Desk 0 response आइतवार, मंसिर ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


